
काठमाडौं । जीवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्ममा आधा खर्ब भन्दा माथिको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले ४ महिनाको अवधिमा ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क अर्जान गर्ने कम्पनी नेपाल लाइफ नै बनेको छ । कम्पनीले यसअघिका बर्षहरुमा अग्रस्था कारोबारको ताज पहिरिदै आईरहेको थियो । कम्पनीले यसअवधिमा १५ अब ४० करोडको कारोबार गर्न सफल भएको छ । त्यस्तै प्राधिकरणको तथ्यांक अनुसार नेशनल लाइफको व्यवसाय ६ अर्ब ४३ करोड रुपैयाँ बराबरको व्यापार भएको छ ।
त्यस्तै एलआईसी नेपालको ६ अर्ब ५ करोडको कारोबार व्यवसाय गरेको छ । त्यस्तै हिमालयन लाइफले ५ अर्ब ५८ करोडको बीमाशुल्क आर्जन गरेको छ । प्राधिकरणका अनुसार यो अवधिमा ३ अर्ब २५ करोड रुपैयाँ, एशिएन लाइफ इन्स्योरेन्सले २ अर्ब ७४ करोड रुपैयाँ र सानिमा रिलायन्स लाइफले २ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
त्यस्तै मेट लाइफले १ अर्ब ८७ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ७७ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६२ करोड रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छन् । त्यस्तै आईएमई लाइफले १ अर्ब ५३ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ५५ करोड र सन नेपाल लाइफले १ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना