
काठमाडौं । एभरेस्ट बैंकले नेपाल–भारतबीचको सीमा पार रियल-टाइम पियर–टु–पियर (P2P) रेमिट्यान्स सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय कोष स्थानान्तरण (P2P) सम्झौता अनुसार बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘EBL Touch 24’ मार्फत उक्त सेवा सुरु गरेको हो। नयाँ प्रणाली लागू भएपछि दुवै देशका नागरिकले तत्काल, सरल र सुरक्षित रूपमा वास्तविक समयमै रकम पठाउन तथा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
यस सेवाअन्तर्गत नेपालमा रहेका भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५ हजार र मासिक अधिकतम भारु १ लाखसम्म सहजै भारत पठाउन सक्नेछन्। त्यस्तै भारतमा रहेका नेपाली तथा भारतीय नागरिकहरूले भने मासिक सीमा बिना नै दैनिक अधिकतम भारु २ लाखसम्म नेपालमा रकम पठाउन सक्ने व्यवस्था गरिएको छ।
बैंकका अनुसार नयाँ प्रणालीमार्फत प्रापकको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (VPA) प्रयोग गरी सहज रूपमा रकम स्थानान्तरण गर्न सकिनेछ। साथै, भारतमा उपलब्ध युनिफाइड पेमेन्ट इन्टरफेस (UPI) प्रणालीसँग जोडिएपछि सेवा अझ सहज र छिटो हुने विश्वास गरिएको छ।
बैंकले यो सेवा डिजिटल भुक्तानी प्रणाली विस्तार, सीमा–पार वित्तीय पहुँच वृद्धि र रेमिट्यान्स प्रक्रियालाई थप औपचारिक तथा सुरक्षित बनाउने दिशामा महत्वपूर्ण कदम भएको जनाएको छ।













समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान