
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य घटेको छ भने पाउण्ड र युरोको विनिमयदर बढेको छ । आज डलरको मूल्य २ पैसाले सस्तो हुँदा पाउण्ड र युरोको मूल्यमा सामान्य वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी विनियमदर अनुसार एक अमेरिकी डलरको खरिदर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा रहेको थियो । आज युरोको मूल्य अघिल्लो दिनको भन्दा केही मंहगो भएको छ । आज एक युरोको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८७ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४७ रुपैयाँ ११ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७७ पैसा रहेको थियो ।
त्यस्तै आज बेलायती पाउन्ड स्ट्रलिङको विनिमयदर पनि अघिल्लो दिनको भन्दा केही बढेको छ । आज पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३० पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ११ पैसा रहेको थियो ।
केन्द्रीय बैंकको अनुसार आज स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५७ रुपैयाँ २७ पैसा कायम भएको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९ रुपैयाँ ०९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार आज थाइ भाट एकको खरिददर ४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४ रुपैयाँ ०३ पैसा, यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा, दक्षिण कोरियन वन १०० खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १० रुपैयाँ, स्विडीस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २४ पैसा र बिक्रीदर १७ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १४ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।













समाचार
नेपाल आयल निगम भन्छः बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्
विभिन्न २१ मुलुकमा राजदूत नियुक्त गरिँदै
विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरूद्ध आरोपपत्र दायर
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न
टेकुबाट मात्रै ग्यास वितरण गरेर समस्या समाधान नहुने : सांसद कार्की
अब वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य बिल लिन आन्तरिक राजस्व विभागको आग्रह
ऊर्जा मन्त्री श्रेष्ठको पहलमा टेकुमा रहेको ‘वेस्ट टु इनर्जी’ परियोजना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया सुरू
वाणिज्य बैंकका सीईओसँग अर्थमन्त्रीको भेट : २० सीईओलाई अर्थमन्त्रीका प्रश्नैप्रश्न
राष्ट्र बैंकमा सात सदस्यीय बोर्ड नै ठीकः अर्थमन्त्री वाग्ले