
काठमाडौं । तीन वटा लगानीकर्ताहरुका संघका प्रतिनिधिहरुले सीडीएससी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग भेटघाट गरेका छन् । सेयर लगानीकर्ता संघ, नेपाल पुँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघले सीडीएसीका नवनियुक्त सीईओ प्रविन पन्दाकसँग घेटघाट गरेका हुन् ।
यी ३ वटै संघका प्रतिनिधिहरुले सीडिएसीका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाकलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । सो अवसरमा तीनवटै संघहरूले संयुक्त वक्तव्य जारी गर्दै सीडिएससीको नेतृत्व परिवर्तनबाट लगानीकर्तामैत्री, पारदर्शी र प्रभावकारी प्रणाली निर्माणमा गति आउने विश्वास व्यक्त गरेका छन् । उनीहरूले आगामी दिनमा प्रणालीलाई थप पारदर्शी, सहज र विश्वसनीय बनाउने अपेक्षा गरेको जनाएका छन् ।
मोबाइल एप, अनलाइन प्रणाली र डिजिटल साक्षरता अभिवृद्धिका माध्यमबाट टाढा रहेका लगानीकर्तालाई सेवा पु¥याउने, आईपीओ आवेदन प्रणालीलाई थप सहज बनाउने, सेटलमेन्ट प्रक्रिया छोट्याउने र गुनासो समाधान गर्ने प्रभावकारी हेल्पडेस्क निर्माण गर्नु अत्यावश्यक रहेको जारी वक्तव्यमा भनिएको छ ।
साथै, सीडिएसी पुँजी बजारमा इलेक्ट्रोनिक रूपमा सेयर कारोबार, डिम्याट खाता व्यवस्थापन, सी–एसबा प्रणाली, सेयर ट्रान्सफर, मर्जर प्रक्रिया, बोनश र लाभांश वितरण लगायत सेवा प्रदान गर्दै आएको संस्था हो । उक्त संस्थाले अब ई–केवाईसी प्रणालीमा आधारित एकीकृत ट्रेडिङ प्रणालीलाई प्रवद्र्धनको भुमिका थप सहज बनेको बताइएको छ ।













समाचार
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल
उद्योग विभागको अधिकांश सेवा अब अनलाइनबाटै
विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ
बिम्स्टेकको सहयोग र सुदृढीकरणसम्बन्धी उच्चस्तरीय नीतिगत संवाद सम्पन्न
पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा
कुमारी बैंक लिमिटेडको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्री