
झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा चिया निर्यात ४० दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार (साउन–जेठ) सम्ममा रु तीन अर्ब ८६ करोड ६४ लाख ७८ हजारको चिया निर्यात भएको छ ।
चालु आवको ११ महिनाको अवधिमा १४ हजार ४६३ दशमलव ३३ मेट्रिकटन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । गत आव २०८०/८१ को सोही अवधिमा रु दुई अर्ब ७५ करोड २८ लाख ३२ हजारको चिया निर्यात भएको थियो । कार्यालयको तथ्याङ्कअनुसार चालु आव २०८१/८२ को जेठ मसान्तसम्म अलैँची निर्यात तीन दशमलव ८० प्रतिशतले घटेको छ । चालु आवको ११ महिनामा रु सात अर्ब १८ करोड १० लाख ७३ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०/८१ को सोही अवधिमा रु सात अर्ब ४६ करोड ६८ लाख ७६ हजारको अलैँची निर्यात भएको थियो ।
कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ६७ प्रतिशत, फलामेपाता नौ दशमलव ६, प्लाइउड ११ दशमलव ६० प्रतिशत र मोलासिस निर्यातमा ४०० दशमलव ५० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, सिमेन्ट क्लिङ्कर १२ दशमलव ६० प्रतिशत, अदुवा ५९ दशमलव ७० प्रतिशत, अम्रिसो १५ दशमलव दुई प्रतिशत र छुर्पी निर्यातमा सात दशमलव सात प्रतिशतले कमी आएको छ । मेची भन्सारबाट चालु आवको ११ महिनामा रु २३ अर्ब २८ करोड ३५ लाख ५६ हजारको मालवस्तु निर्यात भएको छ ।













समाचार
नेपाल आयल निगम भन्छः बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्
विभिन्न २१ मुलुकमा राजदूत नियुक्त गरिँदै
विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरूद्ध आरोपपत्र दायर
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न
टेकुबाट मात्रै ग्यास वितरण गरेर समस्या समाधान नहुने : सांसद कार्की
अब वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य बिल लिन आन्तरिक राजस्व विभागको आग्रह
ऊर्जा मन्त्री श्रेष्ठको पहलमा टेकुमा रहेको ‘वेस्ट टु इनर्जी’ परियोजना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया सुरू
वाणिज्य बैंकका सीईओसँग अर्थमन्त्रीको भेट : २० सीईओलाई अर्थमन्त्रीका प्रश्नैप्रश्न
राष्ट्र बैंकमा सात सदस्यीय बोर्ड नै ठीकः अर्थमन्त्री वाग्ले