
काठमाडौं । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) ९.१९ अंकले बढेर २,६३१ को विन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको १ करोड ४१ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३८ करोडको सेयर कारोबार भएको छ ।
यसदिन ११ उपसूचकमा हरियाली आएको छ । माइक्रोफाइनान्सको सेयरमूल्यमा उच्च सुधार आएको छ । माइक्रोफाइनान्सको सेयर १.०४ प्रतिशतले शेयर मूल्य बढेको छ । आज बैंकिङ समूहको ०.५६ प्रतिशत, विकास बैंक समूहको ०.६६ प्रतिशत, फाइनान्स समूहको ०.०३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०१ प्रतिशतले सेयरमूल्य बढेको छ ।
आज सबैभन्दा धेरै साहस ऊर्जा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावर कम्पनीको ३१ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३० करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका हुन् । धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.८० प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ९.१६ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.९२ प्रतिशतका दरले गुमाएका हुन् ।













समाचार
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन