
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले आफ्नो जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन्। कम्पनी स्रोतका अनुसार गौतमले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन्।
कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्यायले जानकारी दिएअनुसार सञ्चालक समितिको माघ ४ गते सम्पन्न बैठकले गौतमको राजीनामालाई मंसिर ५ गतेदेखि लागू हुने गरी स्वीकृति प्रदान गरेको हो। गौतमलाई कम्पनीले २०८१ मंसिर २६ गते प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको थियो। उनले करिब एक वर्षसम्म कम्पनीको कार्यकारी नेतृत्व सम्हालेका थिए।
गौतमको बहिर्गमनसँगै कम्पनीको दैनिक व्यवस्थापन निरन्तरता दिन नायब प्रमुख कार्यकारी अधिकृत रेना रिजाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ। कम्पनीले औपचारिक प्रक्रिया पूरा गर्दै नेतृत्व हस्तान्तरण गरिएको जनाएको छ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना