
काठमाडौं । लगातार बढेको आठ कारोबार दिनपछि सेयर बजारमा आइतबार ‘करेक्सन’ आएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १८.४४ अकंले घटेको हो । सो अंकको गिरावटपछि नेप्से २९६४.२० विन्दुमा कायम भएको छ ।आज ३२३ कम्पनीका ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। आज आइतबार ९ उपसूचक राताम्य भएका छन् भने ४ उपसूचकमा सुधार देखिएको छ। वाणिज्य बैंक समूह ०.९१ प्रतिशतले, फाइनान्स समूह २.२२ प्रतिशतले, र होटल तथा पर्यटन समूह १.९१ प्रतिशतले घटेका छन्।
यसदिन ६३ कम्पनीका सेयर मूल्य बढेको छ भने १८६ कम्पनीका घटेको छ। बजार समग्रमा ओरालो लाग्दा पनि ३ कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ। आज कारोबार सुरु भएपछि नेप्से ३००२.२० बिन्दुमा पुग्दै चार वर्षको उच्चतम बिन्दु छोए पनि अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको हो। २०७८ भदौ २ मा ऐतिहासिक ३१९८ अंक पुगेको नेप्से त्यसयता ओरालो लागेपछि अहिले पुनः सुधारको बाटोमा छ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २ करोडमाथिको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ८८ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्था र ट्रेड टावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सान्भी इनर्जीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । लुम्बिनी विकास बैंकका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबेभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ६.३४ प्रतिशतका दरले गुमाएका छन् । चालु आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले ल्याएको लचिलो मौद्रिक नीति, अर्थतन्त्रसँग सम्बन्धित सूचकहरूमा देखिएको सकारात्मक सुधार र लगानीकर्ताको विश्वासमा आएको उल्लेखनीय वृद्धि लगायतका कारणले असारको अन्तिम सातादेखि सेयर बजारमा सकारात्मक लयतर्फ जाने नै देखिएको छ ।













समाचार
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने