
काडमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आज, भदौ १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर वितरण गरिसकेको थियो।
८३ करोड रुपैयाँ चुक्ता पुँजीको ३५ प्रतिशत बराबर कम्पनीलाई २९ लाख ५ हजार कित्ता सेयर निष्कासन गर्ने स्वीकृति मिलेको छ। त्यसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई, २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकिएको छ । यसबाहेक, १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि र ६२ हजार २५० कित्ता कर्मचारीहरूका लागि सुरक्षित राखिएको छ ।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा सार्वजनिक गर्न लागेको हो । यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्मको लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड तोकिएको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम