
काठमाडौं । नेपाल शिक्षक महासंकले आज ५ वटा राजनीतिक दलको कार्यालयमामा धर्ना दिने भएको छ । बिहान ११ बजेदेखि १ बजेसम्म विभिन्न पार्टीका कार्यालय अघि धर्ना दिने कार्यक्रम रहेको हो ।
उक्त कार्यक्रममा सहभागी हुने महासंकका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरूलाई अनुरोध समेत गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय बबरमहल हुने कार्यक्रमको संयोजन अध्यक्ष सुवेदीले गर्ने भएका छन् । त्यस्तै जनमत पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन सहअध्यक्ष नानुमाया पराजुलीले गर्ने बताइएको छ ।
जनता समाजवादी पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन उपाध्यक्ष पुष्प कुँवरले गर्नेछन् भने नागरिक उन्मुक्ति पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन महासचिव तुलाबहादुर थापाले गर्नेछन् । राष्ट्रिय जनमोर्चा कार्यालयमा हुने कार्यक्रमको संयोजन सचिव कल्पना पनेरुले गर्नेछिन् । धर्ना कार्यक्रमको मुख्य उद्देश्य पार्टीहरूलाई शिक्षकहरूको मागप्रति ध्यानाकर्षण गराउनु रहेको महासंघले बताएको छ ।













समाचार
बैङ्किङ कसुर मुद्दाका चार फरार प्रतिवादी पक्राउ
नेदरल्यान्डससँग नेपाल ५७ रनले पराजित
मनसुनीको प्रभाव, कस्तो रहला आजको मौसम ?
विदेशी मुद्राको विनिमयदर : यस्तो छ अन्तराष्ट्रिय मुद्राको मूल्य
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित