शिक्षक महासंले ५ वटा पार्टी कार्यालयमा धर्ना दिने

काठमाडौं । नेपाल शिक्षक महासंकले आज ५ वटा राजनीतिक दलको कार्यालयमामा धर्ना दिने भएको छ । बिहान ११ बजेदेखि १ बजेसम्म विभिन्न पार्टीका कार्यालय अघि धर्ना दिने कार्यक्रम रहेको हो ।

उक्त कार्यक्रममा सहभागी हुने महासंकका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरूलाई अनुरोध समेत गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय बबरमहल हुने कार्यक्रमको संयोजन अध्यक्ष सुवेदीले गर्ने भएका छन् । त्यस्तै जनमत पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन सहअध्यक्ष नानुमाया पराजुलीले गर्ने बताइएको छ ।

जनता समाजवादी पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन उपाध्यक्ष पुष्प कुँवरले गर्नेछन् भने नागरिक उन्मुक्ति पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन महासचिव तुलाबहादुर थापाले गर्नेछन् । राष्ट्रिय जनमोर्चा कार्यालयमा हुने कार्यक्रमको संयोजन सचिव कल्पना पनेरुले गर्नेछिन् । धर्ना कार्यक्रमको मुख्य उद्देश्य पार्टीहरूलाई शिक्षकहरूको मागप्रति ध्यानाकर्षण गराउनु रहेको महासंघले बताएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार