
काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाई ५ विकेटले हराएको छ। शुक्रबार बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियममा भएको खेलमा आरसिबीले १८.५ ओभरमा ५ विकेट गुमाएर २०६ रन बनाउँदै लक्ष्य पूरा गर्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले २० ओभरमा ३ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो। गुजरातका साई सुदर्शनले ५८ बलमा शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। ५८ बलमा उनले १० चौका र छक्कासहित १ सय रन बनाए। कप्तान शुभमन गिलले २४ बलमा ३२ रन र जोस बटलरले २५ रन जोडे। वासिङ्टन सुन्दर १९ र जेसन होल्डर २३ रनमा अविजित रहे। आरसिबीका भुवनेश्वर कुमार, जोस हेजलवड र सुयश शर्माले समान १ विकेट।
लक्ष्य पछ्याउने क्रममा आरसिबीका विराट कोहली र देवदत्त पडिक्कलले उत्कृष्ट ब्याटिङ गरे। दुबैले अर्धशतक पूरा गरे। कोहलीले ४४ बलमा ८ चौका र ४ छक्कासहित ८१ रन बनाए । पडिक्कलले २७ बलमा ६ छक्का र २ चौकासहित ५५ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि ९.५ ओभरमा १ सय १५ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जिततर्फ अग्रसर गराए। टिम डेभिड १० र क्रुनाल पाण्डेयले नटआउट २३ रन जोडे।गुजरातका रशिद खानले २, मोहम्मद सिराज, होल्डर र मानव सुधारले समान १ विकेट लिए। १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। गुजरात सातौं स्थानमा यथावत छ।













समाचार
नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने
लालीगुराँस र मनास्लु सेमिफाइनलमा
करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ
ट्रम्पको हेलिकप्टर यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको घटना छानबिनमा
आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण आवश्यक : अध्यक्ष अग्रवाल
लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता
नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना परे संक्षिप्त सूचीमा, २५ गते अन्तर्वार्ता हुने
सूचीकृत कम्पनीहरूलाई असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन