
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ २१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९३ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० रुपैयाँ २६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४ रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५३ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५ रुपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १३ पैसा र बिक्रीदर २२ रुपैयाँ २२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १६ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ६२ पैसा रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।












समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात