काठमाडौं । तिहार पछिको पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४० मा पुगेर बजार बन्द भएको हो । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.८२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ।
आज ३०२ कम्पनीको ९७ लाख १३ हजार ७ सय ३० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड ५५ लाख ५ हजार २ सय ३७ रुपैयाँ बराबारको कारोबार भएको छ । आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २९ करोड ९० लाख ८४ हजार २१२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ५ सय ५९ रुपैयाँ ८० पैसा रहेको छ ।
आज ११३ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।












समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?