
काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणालीलाई अझ सशक्त बनाउने उद्देश्यका साथ हाम्रो पात्रोको डिजिटल वालेट “हाम्रो पे”ले व्यवसायहरूका लागि अत्याधुनिक भुक्तानी समाधान सार्वजनिक गरेको छ। अब “हाम्रो पे”ले ‘नेपाल पे QR’ सँगको सहकार्य मार्फत इन्टर-अपरेबल QR सेवा सुरु गरेको छ, जसले गर्दा व्यापारीहरूले जुनसुकै मोबाइल बैंकिङ एप वा डिजिटल वालेटबाट सहजै भुक्तानी स्वीकार गर्न सक्नेछन्। यो नयाँ सुविधाले व्यवसायीहरूलाई कुनै एउटा वालेटमा मात्र सीमित नभई देशभरका ग्राहकहरूसँग सहज कारोबार गर्ने स्वतन्त्रता प्रदान गर्दछ।
व्यवसायहरूले सहज रूपमा अनलाइन भुक्तानी प्रणाली अपनाउन सकून् भन्ने उद्देश्यले “हाम्रो पे”ले विशेष प्रमोशनल अफर समेत सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत आवद्ध हुने व्यवसायीहरूले “हाम्रो पे”को अनलाइन भुक्तानी प्रणाली प्रयोग गर्दा कुनै पनि इन्टिग्रेशन शुल्क वा वार्षिक शुल्क तिर्नुपर्ने छैन। साथै, सुरुवाती ६ महिनासम्मका लागि कुनैपनि कारोबार शुल्क (Transaction Fee) समेत नलाग्ने व्यवस्था गरिएको छ।
QR भुक्तानीसँगै “हाम्रो पे”ले अनलाइन व्यापारका लागि आफ्नो ‘पेमेन्ट गेटवे’ सेवालाई पनि अझ सजिलो बनाएको छ। अब व्यापारीहरूले सजिलै दर्ता (अनबोर्डिङ) गरेर तुरुन्तै अनलाइन भुक्तानी लिन सुरु गर्न सक्नेछन्।
कम्पनीकी फिनटेक डाइरेक्टर सुदिना गौतमका अनुसार, यो पहलले नेपाललाई नगदरहित (Cashless) अर्थतन्त्रतर्फ अघि बढाउन मद्दत गर्नेछ र व्यवसायहरूलाई आधुनिक डिजिटल बजारमा सहज रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनेछ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू