
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा विदेशी विनियमको सञ्चिति २४ अर्ब २६ अर्ब भन्दा माथि पुगेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म विदेशी मुद्रको सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो ।
२०८१ असार मसान्तमा २ खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भई २०८१ चैत मसान्तमा २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु.१८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.६ प्रतिशतले वृद्धि भई रु.२१३६ अर्ब ४६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१९२ अर्ब ५५ करोड रहेकोमा २०८१ चैत मसान्तमा ५०.८ प्रतिशतले वद्धि भई रु.२९० अर्ब ३८ करोड कायम भएको छ । २०८१ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.४ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१÷८२ को ९ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.७ प्रतिशत, ११८.७ प्रतिशत र ३२.८ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।













समाचार
तीजको दरखाने खर्च बाढीपीडितलाई
१४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय
स्रोत नखुलेको १३ लाख रुपैयाँसहित ठमेलबाट एक युवक पक्राउ
बाढी प्रभावितको राहतका लागि निस्ट फाउन्डेसनको साढे २२ लाख सहयोग
एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा
नक्कली सुन देखाएर एक करोड ३९ लाख ठगी, एक पक्राउ
कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालन, रोकिएका ग्यास बुलेट पास गराइयो
मलेसियास्थित नेपाली राजदूतावासले भन्यो– अवैध बाटो हुँदै थाइल्यान्ड र मलेसिया आउनु जोखिमपूर्ण
जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता