
काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि निस्ट फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख ५० हजार ६०५ रुपैयाँ सहयोग गरेको छ।
विपद्को कठिन घडीमा पीडित तथा प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले फाउन्डेसनअन्तर्गतका विभिन्न शैक्षिक संस्थाहरू, शिक्षक, कर्मचारी, विद्यार्थी र संस्थापन पक्षको सामूहिक प्रयासमा उक्त रकम संकलन गरिएको फाउन्डेसनले जनाएको छ ।
बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै निस्ट परिवारले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फाउन्डेसनले प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार, राहत वितरण तथा सुरक्षित पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको मद्दतका लागि राज्य, विभिन्न संघसंस्था तथा आमनागरिक सबै मिलेर सहकार्य गर्नुपर्नेमा निस्ट परिवारले जोड दिएको छ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम