
काठमाडौं । पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। पाँचखाल-३, ४, ५ र ६ का स्वयंसेविकाले यही भदौ १० गते रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु १५ हजार ५४५ सहयोग गरेका हुन्।
बाढी प्रभावितका लागि केही राहत होस् भन्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविका ‘दिदीबैनी-समूह’द्वारा गरिने दरखाने कार्यक्रमबाट उक्त रकम छुट्याएर राहत कोषमा जम्मा गरिएको समुहको सदस्य सरस्वती भेटवालले बताइन्।
भोटेकोशी बाढीमा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका ३७ काभे्रपलाञ्चोकका नागरिक सम्पर्कविहीन अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लाका ४७ बेपत्तामध्ये आठ जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जनाको शव भेटिएको छ ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो मात्रामा जनधनको क्षति पुगेको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त बाढीबाट हालसम्म एक हजार ३८५ को शव फेला परेको छ भने पाँच हजार १३० बेपत्ता भएका छन् । यस्तै, १३ हजार ६७६ को उद्धार गरिएको तथा सात हजार ६५५ जना घाइते भएको प्राधिकरणले जनाएको छ।












समाचार
१४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय
स्रोत नखुलेको १३ लाख रुपैयाँसहित ठमेलबाट एक युवक पक्राउ
बाढी प्रभावितको राहतका लागि निस्ट फाउन्डेसनको साढे २२ लाख सहयोग
एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा
नक्कली सुन देखाएर एक करोड ३९ लाख ठगी, एक पक्राउ
कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालन, रोकिएका ग्यास बुलेट पास गराइयो
मलेसियास्थित नेपाली राजदूतावासले भन्यो– अवैध बाटो हुँदै थाइल्यान्ड र मलेसिया आउनु जोखिमपूर्ण
जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता
ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने