
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएका आन्दोलनका क्रममा जनधनमा पुगेको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। आन्दोलनमा ज्यान गुमाएका नागरिकलाई श्रद्धाञ्जली अर्पण गर्दै चेम्बरले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
चेम्बरले आन्दोलनका कारण औद्योगिक र व्यवसायिक क्षेत्रमा देखिएको गम्भीर असरप्रति चिन्ता व्यक्त गर्दै यसले देशको लगानीमैत्री वातावरणमा प्रतिकूल प्रभाव पारेको टिप्पणी गरेको छ। यस्तो परिस्थितिबाट मुलुकलाई जोगाउन सबै सरोकारवाला पक्ष संयमित रहनुपर्ने चेम्बरको भनाइ छ।
संगठनले जेन–जि पुस्ताले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा सहज पहुँच जस्ता विषयहरू आजको मुलुकका लागि अत्यन्तै जरुरी मुद्दा भएको भन्दै यसलाई सम्बोधन गर्न राज्य संयन्त्रले गम्भीर पहल गर्नुपर्नेमा जोड दिएको छ।
यस्ता घटना दोहोरिन नदिन संवाद र रचनात्मक सहकार्य अपरिहार्य रहेको चेम्बरले स्पष्ट पारेको छ। मुलुकको समग्र विकासका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक भएको बताउँदै संगठनले दीर्घकालीन समाधान खोज्न सरकार, सरोकारवाला निकाय र आन्दोलनरत युवालाई एकैसाथ अघि बढ्न आह्वान गरेको छ।












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह