
काठमाडौं । जिल्ला प्रहरी परिसर,काठमाडौंले लुटपाट र चोरी भएका गरगहना तथा सरसामानहरू बिलविनै बिक्री हुन सक्ने भन्दै सर्वसाधारणलाई त्यस्ता सामान नकिन्न आग्रह गरेको छ। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा राजधानीका विभिन्न स्थानमा रहेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठानसहित व्यक्तिगत घर र भवनहरूमा तोडफोड र आगजनी गरिएको थियो।
सो क्रममा आन्दोलनकारीहरूले सुनचाँदी, गरगहना, इलेक्ट्रोनिक्स सामान, हिजबिज लगायतका बहुमूल्य सामग्री लुटपाट गरेको विवरण प्रहरीले प्राप्त गरेको जनाएको छ। प्रहरीको भनाइ अनुसार, लुटिएका ती सामानहरू सुनचाँदी पसल वा अन्य बजारमा बिलविनै बिक्री गर्न खोजिने सम्भावना रहेकाले त्यसलाई रोक्न प्रहरीले बिलविना सामान नकिन्न आग्रह गरेको हो।
यदी यस्ता शंकास्पद सामान भेटिएमा वा कसैले बिक्री गर्न खोजेको थाहा पाइएमा तुरुन्त प्रहरी कन्ट्रोल १००, जिल्ला प्रहरी परिसर काठमाडौंको फोन नम्बर ०१–५३१५९६९ वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ।













समाचार
ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु
ब्रोकर नं. ९३ को कारोबार रोक्काको निर्णयप्रति संघको ध्यानाकर्षण
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
स्वस्तिक लघुवित्तको सातौँ वार्षिक साधारणसभा भदौ २७ गते, हकप्रद सेयर निष्कासन मुख्य एजेण्डा
नेपालगञ्ज-पोखरा उडान पुनः सुरु हुँदै
भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा
लिखु गाउँपालिकाले सुविधा सम्पन्न भवन निर्माण गर्दै
प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च
युनाइटेड अजोड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयर नेप्सेमा सूचीकृत
स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा