
मुस्ताङ । यसवर्ष मुस्ताङबाट करिब ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी गरिएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी—जोमसोम कोरला सडकमार्गबाट १४ हजार ६६८ भेडाच्याङ्ग्रा निकासी गरिएको हो ।
केन्द्रका पशु चिकित्सक डा. लालमणि अर्यालका अनुसार यहाँबाट निकासी भएका भेडाच्याङ्ग्रा र रमा(च्यालु)को औसत अनुमान गर्दा ३५ करोड बढीको च्याङ्ग्रा निकासी भएको हो ।
यसवर्ष निकासी भएका भेडाच्याङ्ग्रामध्ये सात हजार ६६८ वटा स्थानीय र छ हजार ८६८ वटा भेडाच्याङ्ग्रा डोल्पा, मुगु र जुम्लाका रहेका उनले बताए । यसमा मुस्ताङको हिस्सा अनुमानित २० करोड रहेको छ ।
जिल्ला बाहिरका व्यापारीले किसानको खोरमै रोजेर लिने च्याङ्ग्राको मूल्य रु ३५ हजार, भेडाको रु २८ हजार र रमा (च्लालु) च्याङ्ग्राको मूल्य रु १२ हजार रहेको जनाइएको छ । यहाँबाट जिल्ला बाहिर निकासी गरिएका भेडाच्याङ्ग्रा अझै बढी हुनसक्ने स्थानीय जानकारहरूको भनाइ छ । विज्ञ केन्द्रले पशु निरोगिताको परीक्षण गर्दा च्याङ्ग्रा धनीले एकीन सङ्ख्या नबताउने भएकाले यो सङ्ख्या बढी हुनसक्ने उनीहरूको तर्क छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह