
काठमाडौं । रेहान प्रोडक्सनको ब्यानरमा बनेको नयाँ नेपाली फिल्म ‘मुगलान’ आगामी पुस १० गते देखि प्रदर्शनमा आउने भएको छ । निर्माताले सोमबार फिल्मको पहिलो लुक्स सार्वजनिक गर्दै प्रदर्शन प्रदर्शनको मिति घोषणा गरेका हुन् ।
सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ । प्रभातले बाँसुरी बजाउन लागेको जस्तो देखिन्छन् भने स्मारिका लजालु भावमा प्रस्तुत छिन् । यसले उनीहरुबीचको प्रेमकथा झल्काएको छ । फिल्ममा प्रभात र स्मारिकासहित श्री शिवांशु, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बाँस्तोला लगायतका कलाकारको अभिनय छ ।
फिल्मलाई आशिष ढकालले लेखन र निर्देशन गरेका हुन् भने गोमन सिंह निर्माता हुन् । सहनिर्मातामा रीता चौधरी छिन् । फिल्मले युवाको परदेश सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्नेछ । फिल्मको प्रचारप्रसार अहिले तीव्र गतिमा अघि बढाइएको छ ।













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु