
काठमाडौं । यस साता नेप्से परिसूचक साढे ३ प्रतिशत घटेर बन्द भएको छ । गत साता २५८२.१८ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.६८ प्रतिशत अर्थात ९५.०१ अंक घटेर २४८७.१७ विन्दुमा झरेको हो ।
यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये १ करोबार दिन नेप्से बढेको थियो भने ४ कारोबार दिन घटेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स १६.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ६.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.७४ अंक घटेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औषतमा ५ अर्ब २२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब २८ करोडको शेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १७.९५ प्रतिशत घटेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या २१.४८ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २२.२५ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे ३ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब १६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १ खर्ब ५८ अर्ब रुपैयाँ घटेर ४१ खर्ब ५७ अर्ब रुपैयाँमा सीमित भएको छ । यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.२४ प्रतिशत घटेको छ । गत साता २३०५.६७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४३.९७ अंक घटेर २१६१.७० विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४००.६९ अंक घटेको छ ।
यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.१५ प्रतिशत घटेको छ। गत साता २०.२८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.०३ अंक घटेर २०.२५ विन्दुमा झरेको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै