
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडलको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा ४२.५७ प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले चालु आवको पहिलो तीन महिनाको अवधिसम्ममा कुल १ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासिकसम्ममा १ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । वित्तीय विवरण अनुसार कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि ३५.०९ रुपैयाँबाट बढेर ५०.०३ रुपैयाँ पुगेको छ । त्यस्तै खराब कर्जा (एनपीएल) ३.१६ प्रतिशतबाट घटेर ३.१३ प्रतिशतमा झरेको छ । प्रतिसेयर नेटवर्थ १७२.१८ रुपैयाँ रहेको कम्पनीको वितरणयोग्य नाफा ६४ लाख २२ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३ करोड १४ लाख रुपैयाँबाट बढेर ४ करोड २९ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४ करोड १२ लाख रुपैयाँबाट बढेर ४ करोड ७८ लाख रुपैयाँ र सञ्चालन नाफा १ करोड ४५ लाख रुपैयाँबाट बढेर २ करोड २ लाख रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ करोड १५ लाख रुपैयाँ र रिजर्भमा ५ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीले २ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेर ४९ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि