काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड आज बुधबार (कात्तिक १२ गते) बिहान हुँदैछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड का अनुसार, बाँडफाँड कार्य बिहान १०ः३० बजे सुरु हुनेछ ।
कम्पनीको आईपीओमा अत्यधिक चासो देखिएको छ । आवेदन दिने अन्तिम मिति असोज २९ गतेसम्म कुल १९ लाख ४२ हजार ६८२ जना आवेदकले जम्मा २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए ।
यो संख्या कम्पनीले सर्वसाधारणका लागि खुला गरेको सेयरभन्दा ६.६४ गुणा बढी हो। त्यसैले बाँडफाँड गोलाप्रथाबाट हुने भएको छ । श्रीनगर एग्रीटेकले असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको थियो । यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरी बाँडफाँड गरिसकेको छ।