
काठमाडौं । नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत बोनस सेयर समायोजन गरेर नयाँ मूल्य निर्धारण गरिएको हो ।
समायोजनपश्चात कम्पनीको सेयर मूल्य १ हजार ४५८ रुपैयाँ ३३ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बिहीबारको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो। बिहीबार दोस्रो बजारमा यो कम्पनीको सेयर मूल्य १ हजार ५७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
यो कम्पनीले आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर वितरण गर्ने र सोपश्चात कायम चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेको छ । सो प्रस्तावहरु पारित गर्न कम्पनीले कात्तिक २१ गते शुक्रबार सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा बिहाना साढे ११ बजेदेखि ७ औँ वार्षिक साधारणसभा बोलाएको छ ।












समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात