काठमाडौं । नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत बोनस सेयर समायोजन गरेर नयाँ मूल्य निर्धारण गरिएको हो ।
समायोजनपश्चात कम्पनीको सेयर मूल्य १ हजार ४५८ रुपैयाँ ३३ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बिहीबारको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो। बिहीबार दोस्रो बजारमा यो कम्पनीको सेयर मूल्य १ हजार ५७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
यो कम्पनीले आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर वितरण गर्ने र सोपश्चात कायम चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेको छ । सो प्रस्तावहरु पारित गर्न कम्पनीले कात्तिक २१ गते शुक्रबार सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा बिहाना साढे ११ बजेदेखि ७ औँ वार्षिक साधारणसभा बोलाएको छ ।