
दोधारा चाँदनी । शुक्लाफाँटा नगरपालिका–७ का जगतबहादुर सिंहलाई यतिबेला कपडा उत्पादन र तयारी पोशाक बनाउन भ्याइनभ्याइ छ।
चाडपर्वका कारण बजारमा माग बढेपछि श्रीमान, श्रीमतीसहित परिवारका सदस्य कपडा बुन्न र सिलाउन व्यस्त देखिन्छन्। घरमै तान बनाएर सुरु गरिएको उद्योगमा धागो कात्ने, कपडा बुन्ने र पोशाकसमेत तयार गरिन्छ। पुख्र्यौली सीपलाई पुस्तान्तरण गर्न स्थापना गरिएको उद्योगमा अहिले अल्लो, गाँजा, बाँस र ऊनका कपडा उत्पादन हुने गर्दछन्।
यसबाट सीपको सदूपयोग र परिवार नै स्वरोजगार भएकाले सिंह बताउँछन्। ‘हाम्रा पूर्खाले दार्चुलामा हुँदा राडी पाखीको काम गर्थे, हाम्रा पूर्खाबाट सीकेको सीपलाई सदुपयोग गर्न घरमै उद्योग स्थापना गरेका हौं’, सिंहले भने, ‘रु तीन लाख लगानीमा हाते मेसिनबाट सुरु गरेको उद्योगमा अहिले रु २० लाख लगानी पुगिसक्यो।’ उनले अहिले चार वटा मोटर मेसिन थप गरेर उद्योगमा थप लगानी गरेको बताए।
‘एक जना भारतीय कामदार राखेका छौं, दुई छोरा, श्रीमती र आफु पनि उद्योगमै काम गर्छौं’, उनले भने, ‘यसबाट हाम्रो परिवारको खर्च चलेको छ, सन्तुष्ट छौं।’ सुरुवातका वर्षहरुभन्दा पछिल्ला वर्षमा तयारी कपडाको माग धेरै आउने गरेको उनले बताए।
सिंह परिवारको पुख्र्यौली पेशा नै कपडा बुन्ने हो। दार्चुलामा राडीपाखी बनाएर बिक्री गर्ने उनीहरू २०४४ सालमा तराई बसाइ सर्नुभयो। त्यसपछि पुख्र्यौली पेशाले निरन्तरता पाउन नसके पनि ३५ वर्षपछि पारिवारिक सल्लाहपछि पुनः आफ्नो कामलाई सुरुवात गरेको उनको भनाइ छ।
‘सीप हुँदा हुँदै त्यतिकै बस्नभन्दा उद्योग स्थापना गरौं भन्ने एक दिनको पारिवारिक बसाइमा सल्लाह भयो’, सिंहले भने, ‘उद्योग स्थापनापछि हरेक वर्ष राम्रो आम्दानी हुदै गएको छ, गत वर्ष मात्रै रु तीन लाख आम्दानी भयो।’
घरमै उद्योग स्थापना गर्दा कामदारको समस्या भोग्नु परेको उनी बताउँछन्। ‘अहिले पनि उद्योगमा कामदार पाउन मुस्किल छ, भारतीय कारिगर मात्रै छन्’, उनले भने, ‘देशभित्र मेहनत गर्ने बानी छैन सबैमा विदेश मोह छ।’
उनले आफूले स्वदेशमै कच्चा पदार्थ प्रशोधन गरेर धागो उत्पादन गर्ने गरेको बताए। केही कच्चा पदार्थ भने भारतबाट आयात गर्ने गरेको उनको भनाइ छ। कपडाभन्दा तयारी पोसाकको माग धेरै आउने गरेकाले अहिले तयारी पोसाक उत्पादनमा जोड दिएको सिंह बताउँछन्। ‘स्थानीय उत्पादन टिकाउ पनि हुन्छ स्वास्थ्यका लागि पनि फाइदाजनक छ’, सिंहले भने, ‘सुरुवातमा बजारमा समस्या थियो अहिले माग धेरै आउने गरेको छ।’
प्राकृतिक फाइबरबाट निर्मित कपडा शरिरका लागि निकै फाइदाजनक मानिन्छ। यसको निर्माणका लागि अल्लो र गाँजाको धागो मात्रै उत्पादन हुने गर्दछ भने कटनका लागि भारतबाट धागो आयात गर्नुपर्ने झन्झट छ। त्यसैले यस्ता कच्चापदार्थ स्वदेशमै उत्पादन गर्न सके त्यसले घरेलु उद्योग सञ्चालनमा निकै टेवा पुग्ने उनको भनाइ छ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू