
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । गत सात पनि करिब २ प्रतिशतले घटेको सेयर बजार आज २ दशमलव ७९ अंकले घटेको हो ।
आज नेप्से परिसूचक २६०९ दशमलव ०५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १०० कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८३ अंकले घटेर ४३८ दशमलव १७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ३ वटाको सेयर मूल्य बढेको छ भने १० वटाको घटेको छ ।
परिसूचक घटे पनि आज कारोबार रकममा भने सुधार देखिएको छ । अहिल्लो दिन ७ अर्बमा सीमित रहेको कारोबार आज साढे ८ अर्बभन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३०९ कम्पनीका १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता सेयर ७९ हजार ८९३ पटक खरिद बिक्री हुँदा ८ अर्ब ५० करोड ९२ लाख २१ हजार ३१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व