
काठमाडौं । कृषि बीमाको क्षतिपूर्ति समयमा नपाउँदा किसानलाई आर्थिक संकट थपिएको छ । महालेखापरीक्षकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को ६२औं वार्षिक प्रतिवेदनअनुसार कृषि बीमाको क्षतिपूर्ति समयमा नहुँदा किसानलाई थप आर्थिक संकल देखिएको हो ।
हालेखाले बीमा प्रणालीप्रति विश्वास कम हुँदै गएको तथा बीमाको निरन्तरतामा कमी आएको निष्कर्ष निकालिएको छ । प्रतिवेदनअनुसार १४ वटा बीमा कम्पनीमा ३२ हजार ५६६ बीमालेखबाट १ अर्ब ७० करोड ७ लाख रुपैयाँको बीमा दाबी भुक्तानीको माग भएको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको बीमा दाबी भुक्तानीसमेत ३३ हजार १२८ बीमालेखको बीमा दाबीबापत १ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ भुक्तानी गरी ४ हजार ८२७ बीमालेखको ३७ करोड ४१ लाख रुपैयाँ भुक्तानी बाँकी रहेको प्रतिवेदनमा जनाइएको छ ।
कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ मा बीमा दाबी जानकारी प्राप्त भएको दिनदेखि अधिकतम ५७ दिनभित्र बीमकले दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ । यो व्यवस्थालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न महालेखापरीक्षकले सल्लाह दिएको छ । यसैगरी कृषि तथा पशुपन्छी बीमामा कृषकको सतप्रतिशत पहुँच कायम भएको अवस्थामा हालको बीमा प्रिमियमको अनुदान रकममा २५ गुणाले वृद्धि हुने देखिएको प्रतिवेदनमा उल्लेख छ । ‘त्यसैले कृषि तथा पशुपन्छी बीमा समानताको नीतिमा आधारित रहेकोले वैकल्पिक उपाय सम्बन्धमा अध्ययन गरी समताको नीति लागू गर्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।
प्रतिकृषक परिवार बीमांक रकमको सीमांकनका आधारमा साना कृषक तथा आर्थिक रुपमा विपन्न कृषकलाई प्राथमिकतामा राखी प्रिमियममा अनुदान प्रदान गर्ने नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्न महालेखापरीक्षकले सुझाव दिएको छ। कृषि तथा पशु बीमा कार्यक्रमको कार्यान्वयनमा संरचनागत, प्रणालीगत र नीतिगत कठिनाइ रहेकोले न्यून संख्यामा कृषक सहभागिता रहेको प्रतिवेदनमा औँल्याइएको छ। कृषकले अनुदानसम्बन्धी जानकारी प्राप्त गर्न नसकेको, बीमा प्रक्रिया सरलीकरण हुन नसकेको, बीमांक रकम निर्धारणमा वैज्ञानिकता नहुनु, ग्रामीण क्षेत्रसम्म बीमा कम्पनीको उपस्थिति नहुनु, साना र सीमान्तकृत कृषकको पहुँच वृद्धि हुन नसकेको र दाबी भुक्तानी प्रक्रिया सरलीकरण हुन नसकेको देखिएको महालेखापरीक्षकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू