
काठमाडौं । नबिल बैंक लिमिटेडको कोष प्रवद्र्धन तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित नबिल म्युचुअल फण्डअन्तर्गतका योजनाहरूले आर्थिक वर्ष २०८२÷८३ को प्रतिफल घोषणा गरेका छन्।
योजना व्यवस्थापकको सञ्चालक समितिको १३१औं बैठकले नबिल ब्यालेन्स फण्ड–२ का इकाईधनीलाई ३.५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। उक्त योजनाले प्रतिफलबापत कुल ३ करोड ९२ लाख रुपैयाँ वितरण गर्नेछ। त्यस्तै नबिल ब्यालेन्स फण्ड–३ ले इकाईधनीलाई २.५ प्रतिशत नगद प्रतिफल दिने भएको छ। यस योजनाले कुल ३ करोड १२ लाख ५० हजार रुपैयाँ नगद प्रतिफल वितरण गर्नेछ। यता नबिल फ्लेक्सी क्याप फण्ड र एनआई ३१ ले भने आर्थिक वर्ष २०८२÷८३ का लागि कुनै लाभांश वितरण नगर्ने भएका छन्।
प्रतिफल वितरण प्रयोजनका लागि नबिल म्युचुअल फण्डअन्तर्गतका सम्बन्धित योजनाहरूको इकाईधनी दर्ता किताब २०८३ साल असोज ७ गते बुधबार एक दिनका लागि बन्द हुने भएको छ। बुक क्लोज हुनुअघिल्लो दिनसम्म नेप्सेको प्रणालीमा कारोबार भई प्रचलित कानुनबमोजिम तोकिएको समयभित्र रीतपूर्वक नामसारी भएका इकाईधनीहरू मात्र घोषित प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक