
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले डेडिकेटेड र ट्रंक लाइन काटिएका उद्योगहरूका समस्या समाधानतर्फ सरकारले कदम चालेको जानकारी दिएका छन्।
ढकालका अनुसार, लाइन काटिएका उद्योगहरूको विजुली सेवा पुनः सुरु गर्ने सहमति भएको छ। “डेडिकेटेड र ट्रंक लाइनको पैसा २८ किस्तामा तिर्ने र पहिलो किस्ता घरौटी (धरोती)को रूपमा बुझाउने कुरा भएको छ,” ढकालले भने।उनका अनुसार, तिर्नुपर्ने कुल रकमको ५ प्रतिशत धरोतीको रूपमा राखिने र त्यसपछि लाइन पुनः जडान गर्ने सहमति गरिएको हो।ढकालले भने, “यो विषयमा मैले प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरूसँग छलफल गरेको थिएँ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँग पनि विस्तृत रूपमा कुराकानी भएको थियो।” उद्योगहरूमा डेडिकेटेड र ट्रंक लाइन काटिँदा उत्पादनमा अवरोध, रोजगारी गुम्ने र अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको बताउँदै ढकालले यस समस्याको समाधानका लागि तत्काल पहल आवश्यक रहेको बताएका छन्।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह