
काठमाडौं । साताको कारोबार हुने तेस्रो दिन मंगलबार पनि सेयर बजार परिसूचक घटेको छ । यो साताको कारोबार हुने पहिलो दिन देखिनै घट्न थालेको बजार लगातार तेस्रो दिन पनि घटेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ६ दशमलव ३२ अंकले घटेर बन्द भएको छ । मंगलबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६६९ दशमलव ८२ विन्दुमा पुगेको छ । अघिल्ला दुई दिन दोहोरो अंकले घटेको बजार आज भने एकल अंकले घटेर बन्द भएको हो ।
आज सेयर बजारमा कारोबार भएका १४८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ७५ अंकले घटेर ४५४ दशमलव ९१ विन्दुमा पुगेको छ । आज सेयर सेयर बजारमा १३ उपसूचकमध्ये ४ वटाको मात्रै सेयर मूल्य बढेको छ भने ९ उपसूचकको सेयर मूल्य घटेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन साढे ५ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज ४ अर्ब भन्दा केही बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३०३ कम्पनीका ८७ लाख ६८ हजार ५६६ कित्ता सेयर ५२ हजार ७०५ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४१ करोड ३३ लाख २० हजार २९० रुपैयाँ बराबरको कारोबार भएको छ ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू