सुनको मूल्य बढ्यो, चाँदीको घट्दा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य ३ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार