
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कसैलाई पनि छेउछाउमा परेको वा बेवास्ता गरिएको महसुस हुन नदिनुपर्ने बताएका छन् । यदि त्यसो भएमा मानिस विद्रोही हुने उनको भनाइ छ ।
कर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । उनले भने, ‘यदि समाजमा कसैले पनि म पाखा पारिएको छु, सरकारले मलाई सामाजिक सुरक्षाको माध्यमबाट हेरेको छ, विकासमा पहुँच दिएर हेरेको छ, आर्थिक अवसर सिर्जना गरेर हेरेको छ भन्ने धारणा निर्माण भयो भने नागरिक सरकारप्रति वा व्यवसायीप्रति विद्रोही भएर आउँदैनन् ।’ त्यसको पुष्टि जेनजी आन्दोलनले पनि गरेको बताउँदै उनले थपे, ‘राजनैतिक वृत्त, समाजमा पनि अवसर नपाएको, मुलुकभित्र आर्थिक गतिविधि गर्न नपाएको र मानिस पलायन हुनुको पीडा व्यक्त गर्ने क्रममा मानिसहरु विद्रोही हुन पुगेका हुन् । जसकारण हामीले क्षति व्यहोर्नुपर्यो ।’
आम नागरिकको विकास चाहना पूरा गर्नसके समाजमा आफैं शान्ति कायम हुने उनले बताए । राजस्व प्रणालीमा गरिएको योगदान र सुशासनको स्थापनाले समतामूलक समाज निर्माण गर्न सकिने उनले बताए । अर्थमन्त्री खनालले भने, ‘राजश्वमा गरिएको योगदानले नै हामीले समतामुलक समाज निर्माण गर्नसक्छौं । आम नागरिकको विकासको चाहना पूरा गर्न सक्छौं र त्यसैबाट हामीले समाजमा शान्ति कायम गर्नसक्छौं ।’
खनालले चुनौतीका बीच पनि निजी क्षेत्र फेरि उठ्ने क्षमता र मनोबल देखाउनु सकारात्मक पक्ष भएको बताए। साथै, उनले आवश्यक सुरक्षा व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाए।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह