
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने माग राख्ने जेनजी युवाको अभिभावक नै नेकपा भएको बताएका छन् । नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उनले आसन्न महाविशेन र निर्वाचनमा जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी भएको उनले बताएका हुन् ।
‘जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य र सुशासनको मागलाई हामीले नै पहिलो पटक समर्थन गर्यो’, संयोजक दाहालले भने, ‘जेनजीको भावना बुझ्ने पार्टी र अर्को पार्टी एकै हुन सक्दैन, महाधिवेशन जाँदा सम्पूर्ण कमिटीमा जेनजी युवाको प्रतिनिधित्व गराउछौँ, बढीभन्दा बढी युवालाई निर्वाचनमा उम्मेदवार बनाउछौँ ।’
कुनै आग्रह र पूर्वाग्रहबिना यो पार्टीलाई क्रान्तिकारी र जनताको भरोसायोग्य साथी बनाइने उल्लेख गर्दै संयोजक दाहालले आगमी निर्वाचनमार्फत नेकपाले नै मुलुकको नेतृत्व गर्ने दाबी गरे । क्रान्तिकारी कम्युनिष्ट ध्रुवीकरणको क्रम सुरु भएको जानकारी दिँदै उनले आगामी दिनमा इमान्दार वामपन्थी नेता कार्यकर्ता नेकपामा समाहित हुने दाबी गरे ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट