काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा अनलाइनका प्रकाशक र सम्पादकलाई तीन महिना जेल सजायको फैसला सुनाएको छ । सर्वोच्च अदालतले सिधा कुराडटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको फैसला सुनाएको हो ।
आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत पूर्ण इजलासले प्रकाशक र सम्पादकलाई ३/३ महिनाको कैद सजाय सुनाएको हो ।
प्रकाशक र सम्पादकले अदालत समक्ष माफी मागेमा ७ दिन कैद सजाय हअुने फैसला सर्वोच्चले सुनाएको हो । सिधाकुरा डटकमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश सहित केही मिडियाका प्रकाशकले लेनेदेन गरेको अडियो सहितको समाचार प्रकाशन गरेको थियो । सर्वोच्च अदालतले सो अडियो उपलब्ध गराएका राजकुमार तिमल्सिनालाई ६ महिनाको कैद सजाय सुनाएको छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो