
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै कम्पनीले नयाँ बोनसदर घोषणा गरेको हो ।
कम्पनीले अर्काे बीमांकीय मूल्यांकन नभएसम्मका लागि परिपक्व दाबी, मृत्यु दाबी तथा बीमालेख समर्पणमा पनि यही बोनसदर लागू हुने स्पष्ट पारेको छ । नयाँ बोनसदर अनुसार सावधिक बीमा योजना अन्तर्गतका सम्वृद्ध जीवन बीमा–एकल, सम्वृद्ध जीवन बीमा–नियमति, बम्पर श्रीवृद्धि जीवन बीमा, सुनौलो किरण बीमा र बाल जीवन किरण बीमामा बीमा अवधि अनुसार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ।
त्यसैगरी सावधिक तथा आजीवन बीमा योजना अन्तर्गतको अमूल्य जीवन बीमामा ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक बीमा योजना अन्तर्गतका वैभव जीवन बीमा, जीवन उन्नति–एकल र जीवन उन्नति–नियमितमा ३५ रुपैयाँदेखि ५१ रुपैयाँसम्म बोनस कम्पनीले बीमितलाई दिने भएको छ। यता अग्रिम भुक्तानी सावधिक अन्तर्गतको समुन्नति जीवन बीमामा २३ रुपैयाँदेखि २७ रुपैयाँसम्म, महालक्ष्मी सावधिक जीवन बीमा अन्तर्गतको सुपर सुरक्षित बीमामा ४५ रुपैयाँदेखि ५२ रुपैयाँसम्म, महालक्ष्मी सरल जीवन बीमा अन्तर्गतको निर्धक्क जीवन बीमामा ५२ रुपैयाँदेखि ५५ रुपैयाँसम्म र महालक्ष्मी जीवन हेरचाह बीमा अन्तर्गतको चमत्कारिक हेरचाह बीमामा ५० रुपैयाँदेखि ५१ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ ।
महालक्ष्मी बाल बचत बीमामा ३२ रुपैयाँदेखि ३९ रुपैयाँसम्म, महालक्ष्मी वार्षिक धनफिर्ता बीमा अन्तर्गतको लोकप्रिय धनफिर्ता बीमाका सबै बीमा अवधिमा समान ३५ रुपैयाँ, महालक्ष्मी धनधान्य बीमाका सबै अवधिमा पनि समान ४५ रुपैयाँ र महालक्ष्मी आवधिक आजीवन बीमा अन्तर्गतको सर्वश्रेष्ठ आजीवन बीमाका सबै बीमा अवधिमा पनि समान ३८ रुपैयाँ बोनस दिने भएको छ ।














समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै