काठमाडौं । काठमाडौं महानरपालिकाले विद्यार्थीको शारीरिक र मानसिक यातना हुने किसिमका गतिविधि नगर्न आग्रह गरेको छ । महानरपालिकाले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
‘महानगरपालिकाले सबै सामूदायिक र संस्थागत विद्यालयहरुलाई सम्बोधन गर्दै लेखेको पत्रमा महानगरपालिका भित्रका केही विदालयमा छात्रको कपाल लामो भएको भनि विद्यालयमा जथाभावि मुन्डन गरिदिने कार्यले छात्रको मनोवैज्ञानिक असर परेको भनी गुनासो प्राप्त भएको सन्दर्भ र शिक्षा नियमावली २०५९ को नियम २५ (६) मा विदालय व्यवसस्थापन समितिले विद्यार्थीले पालना गर्नु पर्ने आचारसंहिता बनाइ लागू गर्ने र नियम १३३ (१) मा विद्यार्थीर्ला शारिरिक वा मानसिक यातना दिन नहुने भन्ने व्यवस्था समेत रहेको सन्दर्भमा विद्यार्थीलाई शारीरिक वा मानसिक यातान नहने गरि आचार संहिता पालना गर्न गराउन हुन अनुरोध छ,’ भनिएको छ ।