
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (पुस ५ गते) देखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ । कम्पनीले हालको सर्वसाधारण समूहको १९.६८ प्रतिशत सेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ निष्कासन गरेको हो ।
कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले जारी गरेको छ । यो एफपीओका लागि लगानीकर्ताले पुस ९ गतेसम्म आवेदन दिन सक्नेछन् । तर सो अवधिमा आवेदन पर्याप्त नभएमा अवधि पुस १९ गतेसम्म लम्बिनेछ ।
एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।
एफपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । आवेदनका लागि सि–आस्बा प्रणालीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरू वा मेरो सेयर अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ । हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ छ । एफपीओ बाँडफाँडपछि यो रकम ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ ।













समाचार
एभीएमका प्रजित र वियंका च्याम्पियन
१५ देशका १८७ पर्यटकको उद्धार, ४२० अझै सम्पर्कविहीन
मंगोलियाका आउटसाइड हिटर उरानबायरले अन्नपूर्णबाट एनपिएल खेल्ने
परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज
बाढी प्रभावित जिल्लामा सहयोग सामग्री पुर्याउन निर्माण व्यवसायी महासंघले सवारी साधन जुटाउँदै
बाढीपीडितका लागि युरोपियन युनियनले २० लाख युरो सहयोग गर्ने
दृष्टि आई केयरद्वारा बाढीपीडितलाई १६ लाख १ हजार सहयोग
जलविद्युत् आयोजनाबाट अझै ८९८ जना सम्पर्कविहीन, ३६१ जनाको उद्धार
नेपाल शेर्पा संघले संकलन गर्यो भोटेकोशी बाढीमा बेपत्ता शेर्पाहरूको विवरण
गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार प्रोत्साहन रकम