
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले गुराँस लघुवित्तको ९.५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात लघुवित्तको सेयरमूल्य १ हजार ४९७ रुपैयाँ ७२ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात मंगलबारको अन्तिम मूल्यका आधारमा लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो ।
मंगलबार दोस्रो बजारमा लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ६४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा लघुवित्तको सेयर कारोबार खुल्नेछ ।
फेसबुक प्रतिक्रिया











समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च