
काठमाडौं । कोष प्रवद्र्घक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना” नामक सामूहिक लगानी कोष धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृत भएको छ। बोर्डले मिति २०८२/०९/१३ गते प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको १६ करोड इकाई निष्कासन गर्न अनुमति दिएको हो, जसबाट कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको फण्ड संकलन गरिनेछ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यो पहिलो बन्दमुखी सामूहिक लगानी योजना हो। १० वर्ष अवधिको यो योजनामार्फत दीर्घकालीन लगानी अवसर प्रदान गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ।
निष्कासन हुन लागेको नेपाल लाइफ समृद्धि लगानी योजनाले इक्रा नेपाल लिमिटेडबाट कोष प्रवद्र्घकका लागि “[ICRANP-IR] AA-” रेटिङ प्राप्त गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने उच्च सुरक्षाको संकेत गर्दछ। त्यस्तै, योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेडले “[ICRANP] AMC Quality 3 (AMC3)” रेटिङ प्राप्त गरेको छ, जसले व्यवस्थापन गुणस्तरमा पर्याप्त आश्वासन जनाउँछ।
फण्ड बिक्रीबाट संकलित रकम नेपाल धितोपत्र बोर्डमा दर्ता भएका धितोपत्र, सार्वजनिक निष्काशन तथा धितोपत्र बजारमा सूचीकृत सेयर, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरेका वा सरकारको नियन्त्रणमा रहेका संस्थाले जारी गरेका ऋणपत्र, ट्रेजरी बिल तथा अन्य मुद्रा बजारका साधनहरूमा लगानी गरिने जनाएको छ।
योजना व्यवस्थापकले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी चाँडै नै सर्वसाधारणका लागि इकाई बिक्रीमा ल्याउने तयारी भइरहेको जानकारी दिएको छ।












समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल