
कैलाली । यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म रु ३६ करोड बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आवको पुस मसान्तसम्म विभिन्न शीर्षकबाट रु ३६ करोड ९९ लाख ९१ हजार छ सय ९५ राजस्व संकलन गरेको हो ।
यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार पालीले कार्यालयले सवारीसाधन करबाट सबैभन्दा बढी रु २७ करोड ६६ लाख ४४ हजार चार सय ७० राजस्व संकलन गरेको जानकारी दिए । कार्यालयले सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु पाँच हजार चार सय राजस्व संकलन गरेको छ ।
चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु आठ करोड ७४ लाख १९ हजार नौ सय ९५, रुटपरमिट, प्रदूषण, पटके (अन्य देशका सवारीबाट उठाइएको)बाट रु ५१ लाख २५ हजार ३० र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु सात लाख ९६ हजार आठ सय राजस्व संकलन गरेको छ । चालु आवमा कार्यालयको बेरुजु रकम हालसम्म रु शून्य रहेको कार्यालयका प्रमुख पालीले बताए । कार्यलयले गत आवमा विभिन्न राजस्व शीर्षकबाट रु ६५ करोड ३१ लाख ६३ हजार ९६ राजस्व संकलन गरेको थियो भने बेरुजु रकम रु एक लाख १९ हजार एक सय रहेको थियो ।













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने