असोजको बाढी पहिरोका कारण भएका भौतिक क्षतिमा १९ करोड ६४ लाख दाबी भुक्तानी

काठमाडौं । असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा  करिब रू. ४ अर्ब १९ करोड प्रारम्भिक दाबी परेको छ । जसमध्ये, हालसम्ममा कूल २०९ वटा दाबीको कूल दाबी रकम करिव रू. १९ करोड ६४ लाख बीमितहरूलाई भुक्तानी भएको छ ।

विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले ४१९ वटा प्रारम्भिक दाबीको ३ अर्ब ५८ करोड ५४ लाख भुक्तानी गर्नुपर्ने देखिएको छ । जसमध्ये हालसम्म ५३ वटा बीमा दाबीको करिव रू. १६ करोड ४४ लाख रुपैयाँ भुक्तानी भउको पाइएको छ ।

यता, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीको करिव रू. ५२ करोड ३० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा कम्पनीहरुबाट ९ वटा दाबीको करिव रू. १ करोड ४० लाख भुक्तानी भएको छ ।

त्यसैगरी, कृषि तथा बाली बीमातर्फ २१७ वटा प्रारम्भिक बीमा दाबीको करिव रू. ४ करोड १७ लाख भुक्तानी गर्नुपर्ने देखिएको छ । सो दाबीमध्ये १२७ वटा दाबीको करिव रू. ५० लाख, मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको करिव रू. २ करोड ८२ लाख दाबी रकममध्ये कूल १७ वटा दाबीको करिव रू. १ करोड २७ लाख भुक्तानी भएको पाइएको छ । त्यस्तै, सामुद्रिक बीमातर्फ ४ वटा प्रारम्भिक बीमा दाबीको करिव रू. १० लाख ६५ हजार भुक्तानी हुनुपर्नेमा ३ वटा दाबीको करिव रू. ३ लाख २७ हजार दाबी भुक्तानी भएको पाइएको छ ।

मोटर बीमा (सार्वजनिक) तर्फ कूल १० वटा दाबीको करिव रू. १ करोड १९ लाख र लघुबीमातर्फ कूल २ वटा प्रारम्भिक दाबीको करिव रू. १२ लाख प्रारम्भिक बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार