
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ११ दशमलव ६४ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६९९ दशमलव ८१ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन पनि सेयर बजार घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा १६० कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ भने ७४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५५ अंकले घटेर ४५४ दशमलव ४९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ उपसूचकको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ ।
परिसूचक घटेको दिन कारोबार रकममा भने केही सुधार भएको छ । अघिलो दिन ८ अर्ब ९५ करोड माथिको कारोबार भएको थियो । आज सेयर बजारमा ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार २८७ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा ३१५ कम्पनीका १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर ९२ हजार ३२६ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व