
काठमाडौं । यो साता नेप्से परिसूचक करिब स्थिर रहेको छ । गत साता २६४०.५४ विन्दुमा बन्द भएको नेप्से, यो साता ०.०३ प्रतिशत अर्थात ०.८९ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको हो ।
यस साता ३ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो । यो साता सेन्सेटिभ इण्डेक्स १.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक घटेको छ । नेप्से करिब स्थिर रहेपनि यस साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औषतमा ५ अर्ब ७४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १४.२५ प्रतिशत बढेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ९.२७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३.५४ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब स्थिर नै रहेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ३३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ ।
१३ उपसमूहमध्ये यस साता ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १.७० प्रतिशत बढेको छ । गत साता २३८२.६५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४०.६१ अंक बढेर २४२३.२६ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो ।
यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ०.९२ प्रतिशत घटेको छ । गत साता ४९३३.६३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४५.४५ अंक घटेर ४८८८.१८ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ । यो साता थ्रिस्टार हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १९.६८ प्रतिशत बढेको छ । गत साता ७५२ रुपैयाँमा अन्तिम कारोबार भएको सो कम्पनीको सेयर मूल्य यस साता ९०० रुपैयाँ पुगेको छ । त्यस्तै, यस साता सुपर मादी हाइड्रोपावरको सेयरमूल्य करिब १५ प्रतिशत बढेको छ भने सिटिजन म्युचुअल फण्ड २ को सेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी बढेको छ । यस साता विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ६.१४ प्रतिशत घटेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व