
काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसाय ११ प्रतिशतले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चैत मसान्तसम्मको विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीको व्यवसाय ११.३१ प्रतिशतले वृद्धि भएको हो ।
चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँको व्यवसाय गरेका छन् । यो १४ वटा ठूला जीवन बीमा कम्पनीहरुले गरेको व्यवसाय हो । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेक थिए । कुल बीमा शुल्क आर्जनको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छन् भने यो अवधिमा बृद्धिदरका आधारमा आइएमई लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ अगाडि रहेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा ११.६४ प्रतिशतले व्यवसाय बृद्धि गर्दै ३६ अर्ब ८६ करोड रुपैयाँको व्यवसाय गरेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले गत आवको तुलनामा ९.२० प्रतिशतले बढाएर १७ अर्ब ७ करोड रुपैयाँ र एलआइसी नेपालले ८.०८ प्रतिशतले बढाएर १५ अर्ब १७ करोड रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको ब्यवसाय ५.३१ प्रतिशतले बढेर १३ अर्ब २६ करोड, राष्ट्रिय जीवन बीमाको ११.७० प्रतिशतले बढेर ९ अर्ब ११ करोड, सूर्यज्योति लाइफको ११.६७ प्रतिशतले बढेर ८ अर्ब ५५ करोड, एशियन लाइफको १२.११ प्रतिशतले बढेर ७ अर्ब २४ करोड, सिटिजन्स लाइफको १९.२६ प्रतिशतले बढेर ६ अर्ब ६ करोड, सानिमा रिलायन्स लाइफको ११.९२ प्रतिशतले बढेर ५ अर्ब ४२ करोड र आइएमई लाइफको ३१.२३ प्रतिशतले बढेर ४ अर्ब ९५ करोड रुपैयाँको व्यवसाय पु¥याएका छन् ।
समीक्षा अवधिमा मेट लाइफको १०.३८ प्रतिशतले बढेर ४ अर्ब ९० करोड, रिलायबल नेपाल लाइफको २०.५३ प्रतिशतले बढेर ४ अर्ब ४४ करोड, प्रभु महालक्ष्मी लाइफको १४.०७ प्रतिशतले बढेर ४ अर्ब १९ करोड र सन नेपाल लाइफको २.८० प्रतिशतले बढेर ३ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन पुगेको हो ।












समाचार
राष्ट्रियसभाको बैठक बस्दै
धितोपत्र बोर्डद्वारा मार्जिन लेण्डिङ र सर्ट सेलिङसम्बन्धी अवधारणापत्र सार्वजनिक, सरोकारवालासँग सुझाव माग
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल