काठमाडौं । नेपाली जबारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८२ हजार रुपैयाँमा पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ७७ हजार ८०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ८१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।