
काठमाडौं । खोटाङबाट प्रतिनिधिसभा सदस्य चुनावमा नेकपा एमालेका उम्मेदवार देवविक्रम राईले बाँदरबाट मान्छे जोगाउने विषयलाई आजको प्रमुख समस्या भएको बताएका छन् । शुक्रबार बिहान राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राईले बाँदरका कारण नागरिकले भोग्नुपरेको समस्यालाई समाधान गर्नु नै आफ्नो मुख्य चुनावी एजेण्डा रहेको स्पष्ट पारे । बाँदर आतंककै कारण किसानहरु पलायन हुने प्रवृत्ति बढेको तर्क गर्न उनले आफ्नै अनुभव सुनाएका थिए ।
उनले भने,‘मान्छे मरेर बाँदरलाई बचाउन सकिन्नँ, मेरो उम्मेदवारी एकप्रकारले बाँदर भर्सेस मान्छेको लडाइँ पनि हो । म आफै किसान हुँ, मैले लगाएको फलफुल बाँदरले नष्ट गरेर हैरान छु। बाँदर तह लगाउन कानुनले दिदैन, त्यसो भएपछि कि मान्छे भोकले मर्नुपर्यो कि गाउँ छोडेर हिड्नुपर्यो ।’
पहाडमा बाँझो जमिन बढ्दै जाने, रोजगारीको खोजीमा युवाहरु शहर र विदेश पुग्ने प्रवृत्तिमा बाँदर आतंक एउटा कारण रहेको उनले बताए । उनले भने ,‘बाँदर तह लगाउने र मान्छे बचाउने कामका लागि जंगली जनावरबारे कानुनमा काम गर्नुपर्छ, सांसद जितेर त्यो काम गर्छु।’













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान