
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको तुलनामा ४३१ प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा ४३१.५५ प्रतिशतले धेरै हो । गत आवको पुस मसान्तसम्म कम्पनीले २ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि आएको कारण नाफा बढ्न टेवा पुगेको वित्तीय विवरणले देखाएको छ । गत आवको पुस मसान्तसम्म कम्पनीले ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा त्यसको तुलनामा झण्डै १४ प्रतिशतको वृद्धि सहित ३८ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि ४० करोड ८५ लाख रुपैयाँबाट १६ प्रतिशतभन्दा बढीले वृद्धि भई करीब ४७ करोड ४४ लाख रुपैयाँ पुगेको छ । यसरी आम्दानीमा वृद्धि आएपछि कम्पनीको सञ्चालन नाफा पनि ३ करोड ३६ लाख रुपैयाँबाट ह्वात्तै बढेर १७ करोड ९१ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.४५ रुपैयाँबाट बढेर ३१.२९ रुपैयाँ कायम भएको छ । निष्क्रिय कर्जा पनि ४.९२ प्रतिशतबाट वृद्धि भई १०.१५ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५८.०८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३७.२३ गुणा रहेको छ ।
चुक्ता पुँजी ८० करोड २६ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १२ करोड १७ लाख रुपैयाँ र रिजर्भ कोषमा ३४ करोड ४४ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल सम्पत्ति ११ अर्ब ७४ करोड २७ लाख रुपैयाँभन्दा माथि रहेको छ। कम्पनीले झण्डै १० अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ अर्ब ५५ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।













समाचार
पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
भोटेकोशी बाढीपीडितका लागि इलामका दुई पालिकाद्वारा ३५ लाख सहयोग
नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै
कहाँ–कहाँ हुनेछ आज भारी वर्षा ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ?
श्रीलंका र भारतसँगको दोस्रो टेस्टमा बराबरी
एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग प्रदान
सानिमा बैंकको लाभांश घोषणा, सेयर धनीले कति पाउँछन बोनस र नगद ?