
विश्वभर छरिएर रहेका शेर्पा समुदायलाई एकताबद्ध गर्दै भाषा, धर्म, संस्कृति र मौलिक पहिचानको संरक्षण गर्ने उद्देश्यसहित विश्व शेर्पा संघको नयाँ कार्यसमिति चयन भएको छ। पोर्चुगलका सोम फुरी शेर्पाको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा नेपालसहित ९ देशका प्रतिनिधि समेटिएका छन् ।
भारतको दार्जिलिङ, सोनादा र लाभामा अक्टोबर ८ देखि ११ सम्म आयोजित विश्व शेर्पा सम्मेलन तथा संघको तेस्रो महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। अखिल भारतीय शेर्पा बौद्ध संघको आयोजनामा सम्पन्न महाधिवेशनमा २५ देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। महाधिवेशनको अन्तिम निर्वाचन प्रक्रिया अक्टोबर १० मा लाभामा भएको थियो। अक्टोबर ११ मा गुरु छेकी गुम्बामा आयोजित समारोहमा निर्वाचन समितिले नवनिर्वाचित अध्यक्ष सोमफुरी शेर्पाको नेतृत्वमा गठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गर्नुका साथै उनीहरूलाई शपथ गराएको थियो।
नयाँ कार्यसमितिमा नेपाल, भारत, अमेरिका, बेलायत, बेल्जियम, डेनमार्क, स्वीट्जरल्यान्ड, स्पेन र पोर्चुगलका प्रतिनिधि समेटिएका छन् । यसले विश्वका विभिन्न देशमा बसोबास गर्ने शेर्पा समुदायबीच संस्थागत सम्बन्ध र सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष सोम फुरी शेर्पासँगै वरिष्ठ उपाध्यक्षमा अमेरिकाका पासाङ दोर्जी शेर्पा (एपी लामा चयन भएका छन् । नवनिर्वाचित विश्व शेपा संघको कार्यसमितिलाई टुल्कु दावा जाङ्वो रिन्पोछेले आशिर्वाद प्रदान गर्दै सकरात्मक उर्जाका साथ अघि बढ्न सुझाव दिएका छन् ।
कार्यसमितिमा निवर्तमान अध्यक्षका रूपमा भारतका थेण्डुप शेर्पालाई पनि समावेश गरिएको छ । संघमा आबद्ध विभिन्न देशका राष्ट्रिय शेर्पा संघसंस्थाका अध्यक्ष पदेन सदस्य रहने र थप सदस्य मनोनयन हुन बाँकी रहेको जनाइएको छ ।
नयाँ नेतृत्वसामु शेर्पा भाषा, धर्म, कला, संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै विदेशमा हुर्किरहेको नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने चुनौती र अवसर छन्। विभिन्न देशका शेर्पा संघसंस्थाबीच समन्वय बढाउने र विश्वव्यापी एकतालाई संस्थागत बनाउने विषयलाई पनि आगामी कार्यकालमा महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
विश्व शेर्पा संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी
१ अध्यक्षः सोम फुरी शेर्पा, पोर्चुगल
२ निवर्तमान अध्यक्षः थेण्डुप शेर्पा, भारत
३ वरिष्ठ उपाध्यक्षः पासाङ दोर्जी शेर्पा (एपी लामा), अमेरिका
४ उपाध्यक्षः आङ गेल्मु शेर्पा, अमेरिका
५ उपाध्यक्षः पेम्बा छोटी शेर्पा स्पेन
६ महासचिवः रिन्जी शेर्पा लामा, बेलायत
७ सचिवः पेम्बा गेल्बु शेर्पा, बेल्जियम
८ सचिवः दावा कर्म शेर्पा, अमेरिका
९ कोषाध्यक्षः वाङ्गेल लामा शेर्पा, डेनमार्क
१० सहकोषाध्यक्षः डेण्डी शेर्पा, स्वीट्जरल्यान्ड
कार्यसमिति सदस्य
११ ल्हाक्पुटी शेर्पा , नेपाल
१२ दावा शेर्पा, नेपाल
१३ निमा नुर्बु शेर्पा, नेपाल
१४ ल्हाक्पा पिनासा शेर्पा, भारत
१५ जाङ्बु शेर्पा, नेपाल
१६ निमा शेर्पा, अमेरिका (कोलोराडो)
१७ छिरिङ शेर्पा, पोर्चुगल











समाचार
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको दशैं-तिहार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर
आजदेखि उपत्यकामा ११ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साट्न पाइने (सूचीसहित)
लिभरपुललाई हराउँदै सिटीको शतप्रतिशत जित यात्रा
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै