
काठमाडौं । गत आवको पुस मसान्तसम्म घाटा बेहोरिरहेको समता घरेलु लघुवित्त वित्तीय संस्थाको नाफामा धनात्मक बनेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको पुस मसान्तसम्म १ करोड ५६ लाख रुपैयाँ खुद घाटा बेहोरेकोमा चालू आवको पुस मसान्तसम्म आइपुग्दा ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।
गत आवको पुस मसान्तसम्म कम्पनीले ११ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको पुस मसान्तसम्म बढेर झण्डै २२ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी पनि १३ करोड ५७ लाख रुपैयाँबाट बढेर २५ करोड ६२ लाख रुपैयाँ पुगेको छ । यसरी कम्पनीको आम्दानीमा उछाल आएपछि नाफा बढ्न टेवा पुगेको वित्तीय विवरणले देखाएको छ। कम्पनीको सञ्चालन नाफा १५ करोड ६८ लाख रुपैयाँ ऋणात्मकबाट ८० करोड ७६ लाख रुपैयाँ धनात्मक भएको छ । योसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ५.२४ रुपैयाँ ऋणात्मकबाट १७.१२ रुपैयाँ धनात्मक भएको छ ।
त्यस्तै समीक्षा अवधिमा ७.८३ प्रतिशतबाट बढेर १३.३२ प्रतिशत कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३५.७४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४५.२७ गुणा रहेको छ । पुस मसान्तसम्म कम्पनीको वितरणयोग्य मुनाफा ५० करोड रुपैयाँभन्दा माथि रहेको छ । चुक्ता पुँजी ६६ करोड रुपैयाँ रहेको कम्पनीको जगेडामा झण्डै ७ करोड रुपैयाँ र रिजर्भमा १६ करोड ६३ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीले ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको कुल सम्पत्तिको मूल्य ६ अर्ब ४० करोड ५४ लाख रुपैयाँ बराबर रहेको छ ।













समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा